सुन–चाँदीको भाउ निरन्तर घट्दै, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

नवयुग संवाददाता
४ असार २०७८, शुक्रबार ११:५०

Advertisement

काठमाडौं । शुक्रबार सुन–चाँदीको भाउ ह्वात्तै घटेको छ । जसमा सुनको भाउ प्रतितोला १२ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

Advertisement

बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार पनि सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको थियो ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*