निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १०३ वटा सवारी–साधन प्रहरीको नियन्त्रणमा

नवयुग संवाददाता
४ असार २०७८, शुक्रबार १८:०४

फाइल फोटो

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १०३ वटा सवारी–साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ८२० गाडी र दुई हजार २८३ वटा मोटरसाइकल हुन् । नियन्त्रणमा लिइएका सवारी–साधनलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

यस्तै, यो अवधिमा निषेधाज्ञा उल्लंघन गर्ने २४५ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जरिवाना गरिएको छ । जरिवानास्वरुप उनीहरुबाट २६ हजार ६०० रुपैयाँ संकलन गरिएको प्रहरीले जनाएको छ । दुई हजार ४४८ जनालाई भने रोकी सम्झाइबुझाइ छाडिएको जनाइएको छ ।

Advertisement

कोभिड–१९ संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २२९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म कुल चार लाख ५६ हजार ८१६ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*