दाङमा सर्पले डसेर एक बालिकाको मृत्यु

नवयुग संवाददाता
४ असार २०७८, शुक्रबार १९:२१

Advertisement

दाङ । दाङमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।

Advertisement

सर्पले टोकेपछि अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइएको थियो । तर अस्पतालमा ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बालिकाकी आमा सरिताले जानकारी दिइन् ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*