ट्याक्टरले घर अगाडि हर्न बजाएको निहुँमा कुटपिट, २ जना घाइते

नवयुग संवाददाता
४ असार २०७८, शुक्रबार १९:२४

Advertisement

रुपन्देही । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८, मधुनगरामा ट्याक्टरले घर अगाडि हर्न बजाएको विषयमा कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।

Advertisement

घाइते हुनेहरुमा स्थानीय रामकुमार कहार र धर्मेन्द्र कहार रहेका छन् । घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

Advertisement

लु.४ त १०८९ नम्बरको ट्याक्टरले रामकुमार कहारको घर अगाडि हर्न बजाएको विषयमा भएको विवादमा कुटपिट हुँदा उनीहरु घाइते भएका थिए । कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*