दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

नवयुग संवाददाता
६ असार २०७८, आईतवार १५:४५

Advertisement

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

Advertisement

कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*