कोरोनाका कारण २३ घण्टाको अन्तरमा श्रीमान श्रीमतीको मृत्यु

नवयुग संवाददाता
६ असार २०७८, आईतवार १६:३२

Advertisement

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर केही कम हुँदै गएको तथ्याङ्क सार्वजनिक भइरहेका छन् । संक्रमण र मृत्युदर केही कम भएपनि जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।

Advertisement

कोरोनाले सबै उमेर समूहलाई प्रभावित बनाएको छ । पहिलो भन्दा दोस्रो लहर निकै खतरनाक भएर आएको छ । यसले एकै परिवारका २ वा २ भन्दा बढी सदस्यहरुको ज्यान लिइरहेको छ । यसैबीच चितवनको भरतपुरमा एक दम्पतीको कोरोनाकै कारण २३ घण्टाको अवधिमा निधन भएको छ ।

Advertisement

भरतपुर महानगरपालिका ३ बस्ने भैरव कायस्थ र उनकी श्रीमती विजया रेग्मी कायस्थको २३ घण्टाको फरकमा कोरोनाबाट ज्यान गएको हो । भैरवको असार ५ गते बिहान पाँच बजे र विजयाको असार ६ गते बिहान चार बजे निधन भएको अस्पतालले जनाएको छ।

Advertisement

कोभिड संक्रमण भएपछि उनीहरु सुरुमा भरतपुरकै पुष्पाञ्जली अस्पतालमा उपचारत थिए । ४ दिन सो अस्पतालमा उपचार गराएपनि अवस्थामा सुधार आउन सकेको थिएन् । स्वास्थ्य समस्या बढ्दै गएपछि कायस्थ दम्पती चितवन मेडिकल कलेजमा भर्ना को थियो । १८ दिनदेखि कोभिड आईसीयूमा उपचाररत उनीहरुको निधन भएको हो । अस्पताल स्रोतका अनुसार फोक्सोमा निमोनिया भएपछि उनीहरुको निधन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*