एटीएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ

नवयुग संवाददाता
१४ असार २०७८, सोमबार १५:१७

Advertisement

मोरङ । मोरङको बुढीगंगा गाँउपालिकामा रहेको एनआइसी एशिया बैंकको एटीएम बुथ तोडफोड गर्ने दुई जना पक्राउ परेका छन्।

Advertisement

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार गाँउपालिकाको टंकीसिनुवारीमा रहेको एटीएम बुथ तोडफोड गरिरहेका २५ वर्षीय मो। अनिस हुसेन र २४ वर्षीय मो. इम्तियाजलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

सोमबार विहान करिब पौने ३ बजे प्रहरीले सुनसरीको दुहबी ९ का निवासी दुवैजनालाई बुथ फोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। यसक्रममा प्रहरीले दुवैजनाको साथबाट १ थान हथौडा र अन्य औजारसमेत फेला पारेको थियो।

Advertisement

प्रहरीले पक्राउ गरेको दुवै जनाउपर चोरी उद्योग कसूरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*