वृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

नवयुग संवाददाता
१४ असार २०७८, सोमबार १७:३४

Advertisement

संखुवासभा । ८० वर्षीय वृद्ध आइतबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–३ सिरिसे बस्ने ४३ वर्षीय विष्णु तामाङ रहेका छन् । शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*