माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवकको मृत्यु

नवयुग संवाददाता
१५ असार २०७८, मंगलवार १९:०९

Advertisement

कास्की । पोखरामा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पोखरा–१७ काउछेघारी स्थित फुस्रे खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर यमबहादुर गुरुङको मृत्यु भएको हो ।

Advertisement

स्याङ्जा बिरुवा गाउँपालिका–७ डिही घर भई हाल पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २६ वर्षीय गुरुङको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङलाई खोलाले बगाएर अन्दाजी ५ सय मिटर तल पुर्याएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

Advertisement

शव पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*