सेवाग्राहीसँग घुस लिएको आरोपमा सव इन्जिनियर पक्राउ

नवयुग संवाददाता
१६ असार २०७८, बुधबार १५:४७

Advertisement

ओखलढुंगा । सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकारण ओखलढुंगाका एक कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंकेका भूकम्प प्रभावितसँग ३० हजार रुपैया घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) मा कार्यरत सवइन्जिनियर राजन पासवान पक्राउ परेका हुन् ।

Advertisement

मंगलबार सव इन्जिनियर पासवानले निशंकेका भूकम्प प्रभावित नागरिकसँग घर निमार्णपछि प्राप्त हुने तेस्रो किस्ता वापतको रकम निकासाका लागी कागजात मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस रकम लिएको पाइएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

Advertisement

सेवाग्राहीसँग घुस रकम लिएको पुष्टी भएपछि सव इन्जिनियर पासवानलाई मंगलबार बेलुका पक्राउ गरी घुस रकमसहित आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान अयोग टंगाल काठमाण्डौमा पठाइएको प्रमुख प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*