बिजुली जडान गर्न गएका विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

नवयुग संवाददाता
२३ असार २०७८, बुधबार १६:२६

Advertisement

झापा । विद्युत प्राधिकरण वितरण केन्द्र अनारमनीमा कार्यरत एक प्राविधिकको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । बिर्तामोड ४ जात्रुबाडीका ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

बिर्तामोड ८ बाह्रबिघेस्थित स्थानीय रामकुमारी दर्जीको घरमा मिटर जडान गर्ने क्रममा बिजुलीको पोलमा चढेका उनलाई करेन्ट लागेको थियो । करेन्ट लागि भुईंमा लडेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको लागि तत्काल बीएन्डसी अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*