सुनकोसी पुल निर्माणमा चरम ढिलासुस्ती

नवयुग संवाददाता
२०७८, २६ असार शनिबार ०९:२२

Advertisement

खोटाङ । दोश्रोपल्ट थप भएको म्याद नाघ्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र पुरा भएको छ । निर्माण कम्पनी कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुलको भौतिक प्रगति अझै ५२ प्रतिशत बाँकी देखिएको हो ।

Advertisement

१२० मिटर लम्बाई हुने ‘आर्क’ डिजाईन पुलको हालसम्म वित्तिय प्रगती ४५ प्रतिशत र भौतिक प्रगति ४८ प्रतिशत मात्र सम्पन्न भएको सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साईड इन्जिनियर रबि शाहले बताए ।

Advertisement

फोक्स्ङिटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सांसद रामकुमार राई, पुर्वसभासद अर्जुन राई लगायतको टोली असार २२ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बशन्त नेम्वाङलाई भेट्न पुगेपछि भएको छलफलमा पनि पुल निर्माणको सोही प्रगति विवरण सुनाइएको थियो ।

Advertisement

पुल निर्माणका लागि दोश्रोपल्ट थप भएको म्याद गत असार १२ गर्ने सकिएको छ । हालसम्म भ्याट र पिएस समेतगरी १० करोड ३३ लाख १४ हजार भुक्तानी भएको पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १, धरानले जनाएको छ ।

खोटाङलाई पुर्वी शहरसँग जोड्ने पुलको हालसम्म दुई किनारको चार वटा फाउण्डेसन, चार वटा सव–स्ट्रक्चर, दुवैतर्फको २०र२० मिटरको स्टेण्ड लगायतका संरचना निर्माणको काम मात्र पुरा भएको छ । नदीबीचमा रहने ८० मिटरको ‘आर्क’ राख्ने काम बाँकी रहेको इन्जिनियर शाहले बताए । मन्त्री नेम्वाङसँगको छलफलमा सो आर्क आगामी पुस ११ गतेसम्ममा ढलान गर्ने कार्ययोजना बनाइएको छ ।

नवौं संशोधन अनुसार पुल निर्माणका लागि २०७७ साल पुस १३ गतेसम्मको पहिलो म्याद सकिएपछि पुनस् कोभिड–१९ को महामारी अनुसार २०७८ साल असार १२ गतेसम्मका लागि दोश्रो पटक म्याद थप भएको थियो । २०७३ साल चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ साल चैत्र २३ गते सम्झौता भएको पुलको २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर काम अघि बढाइएको थियो ।

तर, २०७३ साल चैत २२ गतेसम्ममा पुलको काम नभएपछि पुनस् २०७५ साल चैत ३० गतेसम्मका लागि सम्झौता अवधिलाई लम्व्याइएको थियो । नागरिक दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*