बेपत्ता भएको एक महिनापछि सुजिता ठाकुरको शव भेटियो

नवयुग संवाददाता
२७ असार २०७८, आईतवार १२:१६

Advertisement

महोत्तरी । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि भेटिएको छ ।

Advertisement

आज विहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पारेको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केहिदिन अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो । त्यसपछि सुजिताको ह’त्या आरोपमा देबर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लियो । उनी दुबैजना प्रहरी हिरासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*