दुर्लभ बन्यजन्तुका छाला र पित्तसहित नेपालगन्जबाट ३ जना पक्राउ

नवयुग संवाददाता
२७ असार २०७८, आईतवार १२:४७

Advertisement

बाँके। नेपालगन्जबाट प्रहरीले दुर्लभ बन्यजन्तुको अङ्ग तथा छालासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै बरामद गरिएका एक थान रेडपाण्डाको छाला, ४ वटा भालुको पित्तसहित ३ जना तस्करलाई सार्वजनिक गरेको हो।

Advertisement

बिशेष सूचनाका आधारमा शनिबार राती पौने ९ बजे लुम्बिनी प्रदेश प्रहरी ब्युरोका प्रहरी नायब निरीक्षक बिष्णु गिरीको कमान्डसहित गएको बाँके प्रहरीको संयुक्त टोलीले नेपालगन्ज वडा नम्बर १ स्थित पुष्पलाल चोकमा रहेको राप्ती गेस्ट हाउसबाट बसिरहेको अवस्थामा अङ्ग तथा छालासहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

Advertisement

पक्राउ पर्नेमा दाङ घोराही ४ का ४९ बर्षीय भक्त बहादुर पुन, सोही स्थानमा ४१ बर्षीय केशब बहादुर पुन र शान्तिनगर गाउँपालिका १ का २९ बर्षीय रोबिन बुढा रहेको एसपी अधिकारीले बताए। पक्राउ परेका तिनै जना र बरामद गरिएका अङ्गहरुलाई जिल्ला बन कार्यालय पठाइने एसपी अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

Advertisement

पक्राउ परेकालाई बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार दश लाख रुपैयाँ जरिवाना तथा १५ बर्ष सम्म कैद हुने एसपी अधिकारीले जानकारी दिएका छन् । एसपी अधिकारी बाँके प्रहरीको कमान्ड सम्हालेको छोटो समयमै बन्यजन्तुका अङ्ग तस्करी गर्ने तीन वटा गिरोहलाई पक्राउ गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*