उच्च अदालत इलाम इजलासकी कर्मचारी मृत भेटिइन्

नवयुग संवाददाता
२८ असार २०७८, सोमबार १२:५८

Advertisement

इलाम । उच्च अदालत विराटनगरको इलाम इजलासकी एक जना कर्मचारी कार्यालय परिसरभित्रै मृत भेटिएकी छन् । कार्यालय सहयोगी सोलुखुम्बु घर भएकी ४८ वर्षीया विमला पराजुली मृत अवस्थामा भेटिएकी हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार शवमा बाहिरी चोटपटक देखिएको छैन । उनले भने, ‘शव चाहिँ घोप्टो परेको अवस्थामा छ ।’ उनका अनुसार अहिले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई पनि बोलाइएको छ । ‘डग स्निफिङपछि थप अनुसन्धान हुनेछ’ श्रेष्ठले भने ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*