पाल्पाको निस्दी गाउँपालिका-४ का वडाध्यक्षको निधन

नवयुग संवाददाता
२०७८, २९ असार मंगलवार ११:५१

Advertisement

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ। वडा अध्यक्ष सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा मृत्यु भएको हो।

Advertisement

वडा अध्यक्ष सुनारीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। सोमबार अस्पताल भर्ना गरिएका ५२ वर्षिय सुनारिको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

Advertisement

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले वडा अध्यक्ष सुनारी केही दिनदेखि बिरामी रहेको र अस्पतालले निमोनियाको कारण मृत्यु भएको जानकारी गराएको बताए।

Advertisement

कोरोना संक्रमण बिरुद्धको खोप (कोभिशिल्ड) दुई वटै डोज लगाईसकेको र स्वाव परीक्षणमा समेत कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ‘खोप त दुईवटै डोज लगाउनुभएको थियो, तर केही समयदेखि बिरामी भईरहेकोमा मंगलबार मृत्युभयो, सारुले भने ।

२०७४ सालमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित सुनारी एमाले पाल्पाका जिल्ला सल्लाहकार परिषद सदस्य समेत थिए। एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले पार्टीमा महत्वपूर्ण योगदान गरेका सुनारीको मृत्युले पार्टीलाई ठूलो क्षती पुगेको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*