मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

नवयुग संवाददाता
३० असार २०७८, बुधबार १२:३४

Advertisement

दाङ । दाङमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. १ खिलतपुर चोकस्थित रा ४ प १०२४ नं।को मोटरसाइकलले स्थानीय ५ वर्षीय पारस लामिछानेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

Advertisement

उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रहरीले प्रहरीले मोटरसाइकल चालक बइई गाउँपालिका ७ निवासी २८ वर्षीय दीपक थापा र मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*