बालिका बलात्कारको आरोपमा युवक पक्राउ

नवयुग संवाददाता
३० असार २०७८, बुधबार २०:४१

Advertisement

पर्सा । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

Advertisement

१५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ ।

Advertisement

पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*