मुख्यमन्त्री डोरमणि पौडेलको छोराछोरी पास मात्र !

नवयुग संवाददाता
५ बैशाख २०७६, बिहीबार ०७:५७

मकवानपुर । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफू अभिभावक बनेर भर्ना गरिएका दुई विद्यार्थी पास भएका छन् । मनहरी गाउँपलिका ६ जोगिटारस्थित राष्ट्रिय माविमा अध्ययनरत सञ्जीत भ्लोन र जेसिका प्रजा पास भएको समाचार आजको हेटौंडा सन्देश दैनिकमा मानवी बानियाँले लेखेकी छन् ।

सञ्जीत २ मा पुगेका छन् भने जेसिका कक्षा ३ मा पुगेकी छन् । प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा ३ स्थित महेन्द्रकिरण माविमा अभिभावकत्व लिएकी विद्यार्थी कविता पाख्रिन भने कक्षामा प्रथम भएकी छन् । उनी कक्षा ५ मा पुगेकी छन् ।

राष्ट्रियसभा सदस्य रामचन्द्र राई, ओम घलान, प्रदेशका आर्थिक मामिला तथा यो जना मन्त्री कैलाश ढुङ्गेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, गाउँपालिका अध्यक्षहरुलगायतले अभिभावकत्व लिएका विद्यार्थीहरु भने पास मात्र भएका छन् ।

गत वर्षको भर्ना अभियानको क्रममा जनप्रतिनिधिले असाहाय तथा विपन्न बालबालिको अभिाभावकत्व ग्रहण गर्दै भर्ना गराएका थिए । उनीहरु अभिभावक बन्दा बालबालिकाहरुको पढाईको नतिजा भर्खरै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*