प्रदेश २ सरकारमा माओवादीबाट भरत साह मन्त्री बन्ने, रुबी कर्ण राज्यमन्त्री

नवयुग संवाददाता
१ श्रावण २०७८, शुक्रबार २०:१६

Advertisement

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रले मन्त्री चयन गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।

Advertisement

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए । माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । स्रोतका अनुसार माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी गरिएको छ । यो दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।

Advertisement

Advertisement

उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ । माओवादीलाई पनि त्यही बेला सरकारमा ल्याउने भनिए पनि मन्त्रालय टुंगो नलाग्दा त्यस बेला सरकारमा आउन चाहेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*