पहिरोले पुर्दा पाल्पामा एकजनाको मृत्यु, एकजना घाइते

नवयुग संवाददाता
२ श्रावण २०७८, शनिबार १४:१४

Advertisement

बुटवल – पाल्पामा पहिरोले पुर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। तिनाउ गाउँपालिका–६ मस्याम झ्याङ्लामा पहिरोले लु १ क २४९६ नम्बरको एक्स्काभेटर र लु ४ त ६६२९ नम्बरको ट्रयाक्टर पुरेको थियो।

Advertisement

पहिरोमा पुरिएर ट्रयाक्टरका सहयोगी बर्दिया अस्मेरी गाउँपालिका ३ घर भई तानसेन ८ डुम्रेमा बस्ने २७ वर्षीय महेन्द्र पुनको मृत्यु भएको हो।

Advertisement

एक्स्काभेटरका चालक रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका सरोज बुढा घाइते भएको पाल्पा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जनाए।

Advertisement

शुक्रबार मध्यराती कच्ची सडकमा हिलोमा फसेको ट्रयाक्टर निकाल्न गएका दुईवटा एक्स्काभेटरसमेत पुरिएको उनले बताए।

सिद्धार्थ राजमार्गको डुम्रेबाट कच्चीसडक होलीघाटतर्फ ढुंगा लोड गरि गएको लु ४ त ६६२९ नम्बरको ट्रयाक्टर पहिरो खसेको हिलोमा फसेको थियो।

सोही ट्रयाक्टर निकाल्न लु १ क २४९६ र लु १ क २४९७ नम्बरको एक्स्काभेटर गएका थिए। तीनवटै सवारी साधन पहिरोमा पुरिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*