देउवा सरकारद्वारा ओली सरकारले ११ देशमा गरेको राजुदत नियुक्ति खारेज

नवयुग संवाददाता
३ श्रावण २०७८, आईतवार १२:५८

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न ११ देशका लागि यस अघिको केपी ओली नेतृत्वको सरकारले गरेको राजदुतहरुको नियुक्ति सिफारिसलाई खारेज गरेको छ ।

Advertisement

यस अघि शुक्रबार बसेको बैठकले विभिन्न ११ देशमा यस अघि गरिएको राजदुत नियुक्तिलाई खारेज गरेको हो । प्रतिनिधिसभा विघटनको अवस्थामा प्रधानमन्त्री ओलीले ती देशमा राजदुत नियुक्त गरेका थिए । संसदीय सुनुवाइविना राजदुत नियुक्ति गरिएको भन्दै देउवाले त्यसलाई खारेज गरेको हो ।

Advertisement

श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ राजुदत बनाइएको थियो । अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी राजदुत तोकिएका थिए ।

Advertisement

त्यस्तै, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूत नियुक्त गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*