‘द कपिल शर्मा शो’ को नयाँ प्रोमो सार्वजनिक, थपिए नयाँ कलाकार

नवयुग संवाददाता
४ श्रावण २०७८, सोमबार २०:४२

Advertisement

काठमाडौं । भारतकै चर्चित हाँस्य कार्यक्रम हो ‘द कपिल शर्मा शो’। कोरोना महामारीका कारण बन्द रहेको यस शो अब फेरि शुरु भएको छ । हाँस्य कलाकार कपिल शर्माले सञ्चालन गर्दै आइरहेको यस शोलाई धेरै दर्शकले रुचाएका थिए ।

Advertisement

यसअघि कोरोना संक्रमण र बच्चालाई समय दिन भन्दै कारण देखाई शोलाई फेव्रुअरीबाट बन्द गरिएको थियो । अहिले यस शोको छयाँकन शुरु गरिएको छ । शोको नयाँ प्रोमो पनि सार्वजनिक गरिएको छ ।

Advertisement

प्रोमोमा केही नयाँ कलाकार पनि देखिएका छन् । शोको प्रोमोमा सुदेश लहरी, भारती सिंह लगायतका कलाकार देखिएका छन् । सलमान खानले निर्माण गर्ने यस शो अब छिट्टै टिभिमा प्रशारण हुँदैछ ।

Advertisement

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*