फेरी ओरालो लाग्यो शेयर बजार

नवयुग संवाददाता
५ श्रावण २०७८, मंगलवार १६:२३

Advertisement

काठमाडौं । केहि दिन उकालो लागेको शेयर बजारमा आज कारोबारको तेस्रो दिन (मंगलवार) नेप्से परिसुचक ९.०१ अंकले घटेर २९८५.५७ बिन्दुमा रोकिएको छ ।

Advertisement

कारोबारमा आएका २१९ ओटा कम्पनीको ८४ हजार ४६८ पटकको कारोबारमा ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ । साताको दोस्रो दिन सोमवार कारोबारमा आएका २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको कारोबारमा ३ करोड ७५ लाख १ हजार ३५४ कित्ता शेयरको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँ बराबरको कारोबार गरेका थिए ।

Advertisement

आजका दिन धेरै समूहहरूको उपसूचकहरू नकारात्मक छन् भने केहिको साकारात्मक देखिए। लक्ष्मी उन्नत कोसको सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भएको छ । आइसीएफसी फाइनस लिमिटेड डिभेन्चर २०८३ को ६।१७ प्रतिशतले घटको छ।

Advertisement

अरुण काबेली पावरको शेयरले सबैभन्दा धेरै लगभग ३८ अर्वको कारोबार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*