कोरोना अपडेटः मकवानपुरमा थपिए ८४ संक्रमित

नवयुग संवाददाता
५ श्रावण २०७८, मंगलवार १९:१६

Advertisement

मकवानपुर । मकवानपुरमा मंगलबार थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

Advertisement

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५३ जना हेटौंडा उपमहानपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका ११ जना, थाहा नगरपालिका भित्रका ७ जना, इन्द्रसरोबर गाउँपालिका भित्रका ६ जना, कैलाश गाउँपालिका भित्रका ३ जना, भीमफेदी गाउँपालिका भित्रका २ जना, मकवानपुरगढी र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १२ हजार २ सय ३१ पुगेको कार्यलयले जाएको छ ।

Advertisement

यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय ३ जनाले कोरोना जितका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ११ हजार ४ सय ७१ पुगेको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको छ ।

Advertisement

जिल्लामा आजको दिनमा ५ सय ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय २६ जना घरमा र ५३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरे जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*