सांसद संख्या बढाउने रणनीतिमा माधव नेपाल समूह

नवयुग संवाददाता
५ श्रावण २०७८, मंगलवार २०:५३

Advertisement

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुको बैठक मंगलबार बसेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनुका साथै आफ्नो पक्षमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल भएको नेपाल पक्षका सांसद विरोध खतिवडाले जानकारी दिए ।

Advertisement

नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले सत्यको पक्षमा हिँड्दा अवश्य विजयी हुने भन्दै सांसदको संख्या पनि बढ्ने निष्कर्ष निकालेको छ । ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ’, सांसद खतिवडाले भने, हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।

Advertisement

त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापनासम्मको भूमिकाबारे छलफल भएको बताइन् । साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताइन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*