धनगढीमा स्थानीय र प्रहरीबीच भएको झडपमा १० जना सुरक्षाकर्मी घाईते

नवयुग संवाददाता
२०७८, ५ श्रावण मंगलवार २०:५८

Advertisement

कैलाली । धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ।झडपमा ४ जना प्रहरी जवान र ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उपमहानगरपालिका ३ को हाटबजार, विद्युत् कार्यालय लगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयसँग प्रहरीको झडप भएको थियो।

Advertisement

झडपका क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि ५० सेल भन्दा बढि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीले बताए। उनले घाइते भएका सुरक्षाकर्मी खतरामुक्त भएको बताए।

Advertisement

वडा नम्बर २ का बासिन्दाले डुबानमा पार्ने भन्दै कल्भर्टमा पानी बन्द गरेका थिए। पानी निकास नहुँदा ३ नम्बर वडा डुबानमा पर्ने गरेको थियो। पानी धेरै जमेर बिद्युत् गृहमा नै क्षति हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*