टोकियो ओलम्पिकः सफ्टबल खेल आजदेखि सुरु

नवयुग संवाददाता
६ श्रावण २०७८, बुधबार १२:१२

Advertisement

काठमाडौं । कोभिड–१९ महामारीले गर्दा एक वर्षपछि सरेको ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको खेलहरु आजदेखि शुरु भएको छ । जापानमा आगामी शुक्रबार उद्घाटन हुने टोकियो २०२० ओलम्पिकको केही खेल भने दुई दिनअघि नै शुरु भएको हो । जसअनुसार आज सफ्टबलको प्रतिस्पर्धा सुरु भएको छ । बुधबार बिहान जापान र अष्ट्रेलियाबीचको सफ्टबल खेल भएपछि टोकियो २०२० को खेल शुरु भएको हो ।

Advertisement

जापानका पिचर युकिको यएनोले सफ्टबलको पहिलो बल हानेकी थिइन् । आजै सफ्टबलका अरु दुई खेल पनि हुँदैछ । सन् २००८ पछि हटाइएको सफ्टबल टोकियोमा पुनस् समावेश गरिएको हो । फुकुसिमा अजुमा बेसबल स्टेडियममा भएको पहिलो खेलमा जापानले अष्ट्रेलियालाई ८–१ ले पराजित गरेको छ ।

Advertisement

आजै महिला फुटबलअन्तर्गत समूह चरणका ६ खेल हुँदैछन् । पाँच वर्षपछि हुन लागेको ओलम्पिककमा विशवभरका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टोकियोमा अहिले कोरोना भाइरसले गर्दा आपतकाल घोषणा गरिए पनि ओलम्पिकका खेलहरु विना दर्शक खेलाइँदैछ । यसपटक कोभिड–१९ को प्रोटोकल पालना गरेर खेलहरु खेलाइनेछ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*