टोकियो ओलम्पिकमा बेलायतको विजयी सुरुवात

नवयुग संवाददाता
६ श्रावण २०७८, बुधबार १६:०५

Advertisement

काठमाडौँ । बेलायतले टोकियो ओलम्पिकको महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।

Advertisement

जापानको होक्काईदोस्थित साप्पोरो दोम स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा बेलायतले चिलीलाई २–० गोल अन्तरमा पराजित गरेको हो । योसँगै समूह ‘ई’ मा रहेको बेलायतले ३ अंक जोडेको छ ।

Advertisement

बेलायतको जितमा दुवै गोल एलेन ह्वाइटले गरिन् । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेकी उनले ७३ औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् । ६० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बेलायतका थप आधा दर्जन प्रहार खेर गएको थियो ।

Advertisement

बेलायतले आफ्नो दोस्रो खेल जुलाई २४ मा आयोजक जापानसँग खेल्नेछ भने चिलीले क्यानाडाको सामना गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*