देशभर थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

नवयुग संवाददाता
६ श्रावण २०७८, बुधबार १७:०१

Advertisement

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

Advertisement

काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*