मकवानपुरमा जारी निषेधाज्ञा साउन १४ गतेसम्म लम्बियो

नवयुग संवाददाता
६ श्रावण २०७८, बुधबार २०:००

Advertisement

मकवानपुर । मकवानपुरमा आगामी साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । सो बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको तर, जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

Advertisement

उनका अनुसार, आज बसेको उक्त बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्रीवितरण गर्ने व्यवसायहरु बिहान ४ बजेदेखि विहान ११ बजेसम्म खोल्ने दिने निर्णय गरेको छ ।

Advertisement

यसैगरी, बैठकले पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी बिहान ११ बजेदे बेलुका ६ बजेस खोल्न दिने र पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको छ ।

त्यस्तै सार्वजनिक सवारीसाधन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने, लामो दुरीका सवारीसाधन, मालबहाक सवारीसाधन तथा निर्माण सामाग्री ढुवानी साधनहरु यस जिल्लामा नरोकिने गरी आवतजावत गर्न दिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*