नहरमा डुबेर दुई बालकको मृत्यु

नवयुग संवाददाता
६ श्रावण २०७८, बुधबार २०:४४

Advertisement

चितवन । चितवनमा नहरमा डुबेर दुई जना बालकको बुधबार दिउँसो मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित खुल्ला चौर नजिकको नहरमा डुबेर सोही ठाँउमा बस्ने १६ बर्षका अंकित जोशी र १४ बर्षका विवेक शर्माको डुबेर मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए । उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेका थिए । डुबेको ठाउँबाट दुई सय मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि पठाइए पनि उनीहरुको उपचारको क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणी नदी लगायतका नदी, खोला, नहरहरुले बगाएर तथा पानी जमेको पोखरीहरुमा डुबेर मृत्यु हुने घटना बढ्दै गएकोले नदी, खोला, नहर तथा पानी जमेको पोखरीहरुमा नजान तथा जानै परे पूर्ण सावधानी अपनाउन अनुरोध गरेको छ । आफ्ना बालबालिकालाई नदी, खोला, नहर तथा पानि जमेको पोखरीहरुमा खेल्न तथा नुहाउन जान नदिन पनि अभिभावकलाई आग्रह गरेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*