क्याम्पा रंगशालालाई सचेत नागरिक समूहद्वारा २ सय बोरा सिमेन्ट सहयोग

नवयुग संवाददाता
६ श्रावण २०७८, बुधबार २१:५२

Advertisement

मकवानपुर । हेटौंडा–५ मा निर्माण भइरहेको क्याम्पा रंगशाला निर्माणमा सहयोग स्वरुप सचेत नागरिक समुह मकवानपुरले २ सय बोरा सिमेन्ट सहयोग गरेको छ । सचेत नागरिक समुह मकवानपुरका अध्यक्ष शिव नारायण श्रेष्ठको सभाध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा सिमेन्ट प्रदान गरिएको हो ।

Advertisement

पिप्ले युवा क्लबले निर्माण गरिरहेको क्याम्पा मिनि रंगशाला जनस्तरबाट निर्माण भइरहेकाले गर्दा सचेत नागरिकहरुले सहयोग प्रदान गर्नु दायित्व भएकाले समुहका १० जना युवाहरुले मिलेर २ सय बोरा सिमेन्ट सहयोग गरिएको युवा समुहका सल्लाहकार नरेन्द्र भण्डारीले बताएका हुन् ।

Advertisement

रंगशाला निर्माणका लागि हेटौंडा–९ का नरेन्द्र भण्डारीसहित हेटौंडा–१८ का अनल श्रेष्ठको संयोजनमा हेटौंडा–२ का नवीन जोशी, हेटौंडा–४ का हरिकृष्ण मैनाली, हेटौंडा–२ का बिनोद शर्मा, हेटौंडा–४ का रुपकराज दाहाल, हेटौंडा–४ कै सन्जिव श्रेष्ठ, हेटौंडा–२ का भीमसेन कर्माचार्य, हेटौंडा–५ का जीवन कार्की र इन्द्रसरोबर–२ का चेतबहादुर थापाले संयुक्त रुपमा सहयोग प्रदान गरेका हुन् ।

Advertisement

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल बक्सिङ महासंघका महासचिव सविन भट्टाचार्यको प्रमुख अतिथ्यतामा रहेको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँ, वडा सदस्य ज्ञान बहादुर थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*