मोबाइल चार्ज गर्ने विषयमा झगडा पर्दा आफ्नै भाईको हत्या

नवयुग संवाददाता
७ श्रावण २०७८, बिहीबार ११:२५

Advertisement

सुर्खेत । सुर्खेतको बनगाड कुपिण्डे नगरपालिका ५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय आफ्नै भाई सन्दीप परियारको हत्या गरेका छन् ।

Advertisement

सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको र सोही विवादले हत्याकै रुप लिएको प्रहरीले जनाएको छ । विवाद्पछि कपिलले सन्दीपलाई हिर्काएको मुडीले कन्चटमा लागेपछि सन्दिप बेहोस् भएका थिए ।

Advertisement

बेहोस सन्दीपलाई उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार घटनापछि कपिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*