आकर्षक तलवका साथ कतारले माग्यो ५२ नेपाली कामदार, कति छ तलव ?

नवयुग संवाददाता
१३ श्रावण २०७८, बुधबार १४:२२

Advertisement

काठमाडौं । कतारमा आकर्षक तलब सहित ५२ जना नेपाली कामदारको माग गरेको छ ।कतारको दोहा शहरको West Feield Engineering कम्पनीले इन्जिनियर,ड्राइभर,कार्पेन्टर, मेसन,पेन्टर, टेली मेकर र लेबर पदका लागी ५२ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

Advertisement

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । तलब खान बस्न सहित ३२ हजार देखि १ लाख ३७ हजार सम्म हुनेछ । इच्छुकले Rhythm Overseas Pvt.LTDको कार्यालय पुरानो बानेश्बर काठमाडौमा साउन २० गते अन्तरवार्ता दिनु पर्ने छ ।

Advertisement

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च,भिषा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*