पाँच किलो गाँजासहित बाराबाट एक जना पक्राउ
वीरगञ्ज । पाँच किलो गाँजासहित बाराबाट एक जना पक्राउ परेका छन्। गाँजासहित प्रहरीले बाराको निजगढ नगरपालिका–१२ रामथली टोल बस्ने ६२ वर्षीय शेर बहादुर जिम्बालाई पक्राउ गरेको हो।
निजगढ नगरपालिका–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट जिम्बालाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट पाँच किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। उनलाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको मिश्रले बताए।