नेपाली बालिकालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा २ किशोरी पक्राउ

नवयुग संवाददाता
१३ श्रावण २०७८, बुधबार १९:३६

Advertisement

काठमाडौं । नेपाली बालिका र युवतीलाई भारतमा लगि बेचबिखन गरेको आरोपमा पर्सा प्रहरीले २ जना किशोरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–९ घर भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ घर भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा छन्।

Advertisement

प्रहरीका अनुसार उनीहरुले जागिर लगाइदिने प्रलोभनमा पारेर १६ वर्षीया बालिका र १० वर्षीया युवतीलाई भारत पुर्‍याएका थिए। २ जना नेपाली बालिकालाई भारतीय राज्य बिहारको छौंडादानो भन्ने स्थानमा पुर्‍याइएको भन्ने सूचनाको आधारमा पर्सा प्रहरीले उनीहरुको उद्धार प्रयास थालेको थियो।

Advertisement

भारतीय प्रहरी समेतको समन्वयमा पर्सा प्रहरीले बेचबिखनमा परेका १ बालिका र १ युवतीलाई उद्धार गरेको हो। उद्धार गरिएका बालिका र युवतीको बयानका आधारमा प्रहरीले लक्ष्मी दास र खुश्बु विश्वकर्मालाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार उनीहरुले पर्साको वीरग‌ंजमा जागिर लगाइदिने भन्दै २ जनालाई झुक्याएर भारतको बिहार राज्यअन्तर्गतको छौँडादानो पुर्‍याएर मोबाइल फोन समेत खोसेर बन्धक बनाएका थिए। छौँडादानोबाट भारतको अर्को ठाउँमा पठाउने तयारी भइरहँदा प्रहरीको टोलीले बालिका र युवतीको उद्धार गरेको हो।

पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन तथा ओसार पसारको मुद्दामा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*