फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नवयुग संवाददाता
१५ श्रावण २०७८, शुक्रबार ११:३४

Advertisement

काठमाडौं । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

Advertisement

यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*