२५ करोड क्षतिपूर्तिको मागसहित शिल्पा उच्च अदालतमा

नवयुग संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १२:०५

Advertisement

मुम्बई । बलिउड अभिनेत्री मानहानीको मुद्दा लिएर बम्बे उच्च अदालत पुगेकी छिन् । पती राज कुन्द्राको मुद्दालाई लिएर मिडियादेखि सामाजिक सञ्जालमा आएका भ्रामक तथा गलत समाचारले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै उनी अदालत पुगेकी हुन् ।

Advertisement

अदालतमा दिएको निवेदनमा उनले केही मिडियाहरुले उनीहरुसँग माफि मागेर ती सबै मानहानी कन्टेन्ट डिलेट गर्न माग गरेकी छिन् । यसका साथै ती मिडियाहरुले भारु २५ करोडको क्षतिपूर्ति पनि व्यहोर्नु पर्ने माग गरेकी छिन् ।

Advertisement

केही भारतीय मिडियाहरुले विनाकुनै अनुसन्धान र प्रमाण राजको केसमा आफ्नो नाम जोडेको भन्दै उनको व्यक्तिगत प्रतिष्ठा गिराउने कोशिस गरेको आरोप लगाएकी छिन् । यसले आफ्नो प्रशंसक, फलोअर्स, ब्राण्ड इन्डोर्समेन्ट कम्पनी, व्यावसायिक संघहरुको नजरमा उनमाथिको प्रतिष्ठामा ह्रास ल्याएको उनको दाबी छ ।

Advertisement

बलिउड हंगामा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*