सचेत नागरिक युवा समूहद्वारा ‘मामाघर’ र ‘हाम्रोघर’मा खीर र फलफुल वितरण

नवयुग संवाददाता
२०७८, १५ श्रावण शुक्रबार १७:०७

Advertisement

मकवानपुर । मकवानपुरमा रहेर सामाजिक सेवामा सक्रिय रहेको सचेत नागरिक युवा समूहले साउन १५ अर्थात् खीर खाने दिनको अवसरमा हेटौंडामा रहेका दुईवटा असहाय बालगृहमा खीर बनाउने सामाग्री तथा फलफुल वितरण गरेको छ ।

Advertisement

हेटौंडा उपमहानगरपालिका वडा नं ११ स्थित मामाघर नेपाल र हेटौंडा ५ स्थित ग्रामीण जीवनस्तर सुधार मञ्चद्वारा सञ्चालित ‘हाम्रोघर’लाई समूहले खीर बनाउने सामाग्री र फलफुल वितरण गरेको हो । दुई स्थानमा करीब १० हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको समूहका सदस्य तथा कार्यक्रम संयोजक चेतबहादुर थापाले जानकारी गराए ।

Advertisement

समूहका तर्फबाट मगरसहित सचिव चुडाराज उप्रेती पुगी सामाग्री हस्तान्तरण गरेका हुन् । समूहले केही दिन अघि हेटौंडा–५मा निर्माणाधीन क्याम्पा रंगशालालाई सिमेन्टसहित निर्माण सामाग्री सहयोग गरेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*