मनहरीका इन्स्पेक्टर श्रेष्ठ आन्तरिक अनुसन्धानमा तानिए

नवयुग संवाददाता
२०७८, १५ श्रावण शुक्रबार १९:१६

Advertisement

मकवानपुर । मकवानपुरको मनहरीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद श्रेष्ठ अनुसन्धानमा तानिनु भएको छ । निरीक्षक श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय हेटौंडा तानेर आन्तरिक अनुसन्धान गरिरहेको छ ।

Advertisement

श्रेष्ठमाथि पश्चिम मकवानपुरबाट निर्बाधरुपमा निकासी भइरहेको गाँजा बरामद तथा बेचबिखनमा संलग्नलाई नियन्त्रणमा लिन नसकेको आरोप लाग्दै आएको थियो । श्रेष्ठमाथि जिल्ला प्रहरीमा उजुरी परेपछि अनुसन्धानमा तानिएको र केही दिन यता इलाका प्रहरी कार्यालय मनहरी प्रहरी निरीक्षकविहीन रहेको छ ।

Advertisement

निरीक्षक श्रेष्ठमाथि अनुसन्धान चलिरहेको बताउँदै प्रहरी उच्चस्रोतले ‘अहिले केही बताउन नमिल्ने’ जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*