घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नवयुग संवाददाता
१७ श्रावण २०७८, आईतवार १२:१२

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँ कायम भएको हो । शुक्रबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार २ सय ८५ रहेको थियो । भने आज सोहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*