मकवानपुरमा २७ थान बिजुलीको पोल चोरी गर्ने ७ जना पक्राउ

नवयुग संवाददाता
१७ श्रावण २०७८, आईतवार १५:४८

Advertisement

मकवानपुर । मकवानपुर बागमती गाउँपालिकाबाट चोरी भएको विद्युतीय पोलसहित सात जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलिले बागमती गाउँपालिका वडा नं. ४ झुरझुरेस्थित धरान चतरा सडकखण्डबाट २७ थान स्टिल ट्युबलर विद्युतीय पोल सहित सात जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष ३० को जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १ बस्ने बर्ष ३१ को विवेक पोखरेल, संखुवासशभा खाँदवारी नगरपालिका वडा नं. ७ बस्ने बर्ष २७ को हरी नेपाल, मकवानपुर बागमती गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३० को सुरेश लामा, सोही स्थान बस्ने बर्ष २२ को उमेश लामा, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३२ को धन बहादुर लामा र सोही स्थान बस्ने बर्ष ४० को देव पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

गाउँपालिकाको वडा नं. १ हात्तीढुंगेस्थित बाटो छेउमा रहेको ग्रीड सोला ईन्जिन ईफिसेन्सी आयोजनाको २७ थान स्टिल ट्युबलर विद्युतीय पोल मे १ ख २५०३ नम्बरको ट्रकमा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार ट्रक, नम्बर नखुलेको मोटरसाईकल, चोरीमा संलग्न सातै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उक्त विद्युतीय पोल के प्रयोजनका लागि चोरी भएको भन्ने बारेमा अनुसन्धान भईरहेको उनले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*