चितवनका पर्यटन व्यवसायीलाई खोप लगाउन शुरु

नवयुग संवाददाता
१८ श्रावण २०७८, सोमबार ११:३५

Advertisement

चितवन । चितवनमा पर्यटन व्यवसायीसहित अन्य व्यवसायीहरुलाई आइतवारदेखि खोप लगाउन शुरु गरिएको छ ।

Advertisement

रत्ननगर नगरपालिकाका मेयर नारायण वनको सक्रियतामा खोप ल्याएर यसक्षेत्रका पर्यटन व्यवसायी,होटलका कर्मचारी,नेचरगाईड तथा नगर भित्रका अन्य व्यवसायीहरुलाई पनि खोप लगाउन थालिएको हो । खोप अभाव भएपछि रत्ननगरका मेयर वनले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर खोप माग गरेका थिए ।

Advertisement

त्यसपछि प्रदेश सरकारले रत्ननगरका पर्यटन व्यवसायी, कर्मचारी,नेचरगाइडहरु तथा उद्योग वाणिज्य संघ र उद्योग संघमा आबद्ध व्यवसायी,सहकारीकर्मी,खानेपानी संस्थाका कर्मचारीहरुका लागि खोप पठाएको थियो ।

Advertisement

‘हामीले जिल्लाभरीका पर्यटन व्यवसायी,यससँग सम्बद्ध कर्मचारी,नेचरगाइड,सहकारीकर्मीहरुका लागि प्रदेश सरकारसँग २ हजार ५०० मात्रा माग गरेका थियौं’, मेयर वनले भने, ‘हाम्रो आग्रह र पहलका आधारमा लगाउन शुरु गरिएको छ ।’ उनले सौराहासहित पश्चिम चितवनका पर्यटन व्यवसायी तथा कर्मचारीहरुलाई पनि खोप लगाइने बताए ।

‘चितवनको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने आभाष दिलाउन चाहन्छौं’, उनले भने, ‘पर्यटन व्यवसायी र कर्मचारीलाई खोप लगाएपछि पर्यटक आउने क्रम पनि बढ्ने छ ।’

व्यवसायी,सहकारीका कर्मचारी,खानेपानी वितरण कर्मचारी ,बीमा, वित्तीय संस्था, इन्स्योरेन्स, नेट तथा केबुलमा काम गर्ने कर्मचारी,भिषा लागेका विदेश जाने,पशु स्वास्थ्यकर्मीलाई खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*