एन्फाका प्रवक्ता किरण राईले दिए राजीनामा

नवयुग संवाददाता
१८ श्रावण २०७८, सोमबार १४:४६

Advertisement

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।

Advertisement

नेतृत्व तहसँग मनमुटाव भएपछि राजीनामा दिने उनी पछिल्ला पदाधिकारी हुन् । अहिले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयलाई लिएर एन्फामा चर्को विवाद छ ।

Advertisement

प्रशिक्षक अल्मुताइरीले एन्फा उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न अवरोध गरेको भन्दै राजीनमा दिने घोषणा गरेका थिए, तर औपचारिक रूपमा पद भने छाडेनन् । यसै प्रकरणमा अल्मुताइरीलाई कारबाही नगरेकोमा राई असन्तुष्ट थिए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*