सुजिता ठाकुर हत्या प्रकरणमा ‘ट्विस्ट’, बुवासहित तीन जना पक्राउ

नवयुग संवाददाता
१८ श्रावण २०७८, सोमबार १५:५०

Advertisement

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमपुराकी सुजिता ठाकुर हत्या प्रकरणमा थप ‘ट्विस्ट’ देखिएको छ । अनुसन्धानका क्रममा घटना लुकाउन मृतक सुजिताका बुवा कामेश्वर पाण्डेले लेनदेनका लागि बार्गेनिङ गरेको खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार मृतक सुजिताको बुबाले घटनाबारे जेठ २५ गते नै थाहा पाएका थिए । तर उनले आफ्नो छोरी हत्या घटनाको अनुसन्धानमा सहयोग नगरी लेनदेनका लागि बागेर्निङ गरेको प्रमाण फेला परेको प्रहरीको भनाइ छ ।

Advertisement

त्यसैको आरोपमा प्रहरीले सुजिताका बुवा पाण्डेसहित तीन जनालाई पक्राउ गरेको छ । हत्याबारे जानकारी भएपनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनका लागि बर्गेनिङ गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ६ बस्ने मृतक सुजिताको बुवा कामेश्वर पाण्डे, भङहा नगरपालिका–१ कबिलशाका अञ्जु ठाकुर (हत्याको मुख्य योजनाकार भनिएका रूपेश ठाकुरको दिदी) र जनकपुरधाम उपमहानगरपालिका–२४ बसहैयाका प्रमोद मण्डल भन्ने विनोद मण्डल रहेका छन् ।

पाण्डेले घटना लुकाउन अभियुक्तसँग बार्गेनिङ गरेको प्रहरीको दाबी छ ।

हत्याको मुख्य योजनाकार भनिएका रूपेशको दिदी अञ्जुलाई हत्या भएकै दिन त्यसबारे थाहज भएपनि कसैलाई पनि जानकारी नगराएको अडियो रेर्कडबाट खुलेको प्रहरीले जनाएको छ । यस्तै, मण्डलले पहिले गाडिएको ठाउँबाट शव उत्खनन् गरी अर्को ठाउँमा लुकाउन सहयोग गरेको देखिएको प्रहरीको दाबी छ ।

गत जेठ २० हराएकी सुजिता असार २७ गते शौचालयको ट्याङ्कीभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*