ओलम्पिक महिला फूटबल: अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

नवयुग संवाददाता
१८ श्रावण २०७८, सोमबार १६:२७

Advertisement

काठमाडौं । टोक्यो ओलम्पिकमा महिला फूटबलको सेमीफाइनल खेलमा सोमवार क्यानडाले अमेरिकालाई १–० ले हराएको छ ।

Advertisement

पेनाल्टीमा गरेको गोलको मद्दतले क्यानडा फाइनलमा पुगेको हो । स्विडेन र अस्ट्रेलियाबीच हुने दोस्रो सेमीफाइनलको विजेतासँग क्यानडा स्वर्ण पदका लागि भिड्नेछ भने अमेरिकाले कास्य पदकका लागि खेल्नेछ ।

Advertisement

क्यानडाकी जेस्सी फ्लेमिङले खेलको ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी हुन् । अमेरिकाकी डिफेन्डर टिएर्ना डेभिडसनले क्यानडाकी फर्वाडए डियान रोजलाई बक्समा लडाएपछि रेफ्रीले भार समीक्षा गरेर पेनाल्टीको निर्णय दिएका हुन् ।

Advertisement

क्यानडाले अमेरिकाले २० वर्षमा पहिलोपटक हराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*