मकवानपुरमा १ सय ११८ संक्रमित थपिए, ७८ ले जिते कोरोना

नवयुग संवाददाता
१८ श्रावण २०७८, सोमबार १७:३२

Advertisement

मकवानपुर । मकवानपुरमा आज थप १ सय ११८ जनामा कोरोना भाइरसको संक्रमणपुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार १७४ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ९५ र ६४ जनाको एन्टीजेन परीक्षणमा २३ गरी थप १ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । जिल्लामा हिजो आइतबार ८८ जना संक्रमित थपिएका थिए ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*