साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार पोखरेल नियुक्त

नवयुग संवाददाता
२७ श्रावण २०७८, बुधबार १९:४६

Advertisement

काठमाडौं। साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन् । साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

Advertisement

बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका उनले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

उनले भने, ‘साझा प्रकाशन नेपाली साहित्य, नेपाली भाषा र समग्र नेपाली वाङ‌्मयको अग्रणी संस्था हो । र यो ऐतिहासिक रुपमा रहेको संस्थाको काममा कमी भएको देखिएको छ । साझाको आफ्नै गौरवपूर्ण कामलाई निरन्तरता दिनका लागि प्रयत्नशील रहनेछु ।’

Advertisement

कार्यक्रममा निवर्तमान महाप्रबन्धक होमप्रसाद गौतमलाई विदाई गरिएको थियो। साझा प्रकाशनका वरिष्ठ अधिकृत होमनाथ भट्टराईसहितका कर्मचारीहरुले नवनियुक्त महाप्रबन्धक पोखरेललाई स्वागत गरेका थिए भने निवर्तमान महाप्रबन्धक गौतमलाई विदाई गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*