पहिरोमा परेर जुम्लामा एकै घरका तीनजनाको मृत्यु

नवयुग संवाददाता
३० श्रावण २०७८, शनिबार १३:४२

Advertisement

जुम्ला – तातोपानी गाउँपालिका-७ ताम्ती गाउँमा एकै घरका तीनजनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन् । ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका छोरा १० वर्षीय छोरा सन्देश रावतको शुक्रबार पहिरोमा पुरिएर मृत्यु भएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार सेतक चिनी ९जडीबुटी० कोरेर पाटनबाट घर फर्किने क्रममा ताम्तीको घट्टेखोलो तर्ने वेलामा उनीहरूलाई बाढीपहिरोले बगाएको छ।

Advertisement

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरूले खोला तर्ने र थुनिएको बाढी फुट्ने सँगसँगै भएपछि उनीहरूलाई बगाएको रहेछ ।

Advertisement

राति अबेरसम्म पनि घर नपुगेपछि घरपरिवारले उनीहरूको खोजी कार्य थालेको थियो । शुक्रबार वडाध्यक्ष मक्कर रावत र टोप्ला प्रहरीचौकीबाट खटिएको टोलीले बगाएको अवस्थामा भेटाएको थियो । यसअघि पहिरोमा परेको भनिएको भए पनि बाढीपहिरो एकैसाथ आएर बगाएको स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*